FAQs Complain Problems

समाचार

अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित नगर घोषणा कार्यक्रम–२०८३ सम्पन्न

Image: 

अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित नगर घोषणा कार्यक्रम–२०८३ सम्पन्न

शंखरापुर नगरपालिकालाई “अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित नगर” घोषणा गरिएको छ। नगरपालिकाद्वारा आयोजित घोषणा कार्यक्रममा नगर प्रमुख श्री रमेश नापितज्यूको प्रमुख आतिथ्यता, नगर उप-प्रमुख श्री समिता श्रेष्ठज्यूको विशेष आतिथ्यता तथा जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी एवं विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हक तथा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै नगरभित्रका विद्यालय उमेरका सम्पूर्ण बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित भएको आधारमा शंखरापुर नगरपालिकालाई “अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित नगर” घोषणा गरिएको हो।

यस घोषणासँगै नगरपालिकाले गुणस्तरीय, समावेशी तथा पहुँचयोग्य शिक्षाको प्रवर्द्धन गर्दै शिक्षाको उज्यालोबाट कुनै पनि बालबालिका वञ्चित नहुने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै शिक्षा क्षेत्रको समग्र विकास, सिकाइ उपलब्धि अभिवृद्धि तथा बालमैत्री शैक्षिक वातावरण निर्माणका लागि निरन्तर प्रयासरत रहने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यालय परिवार, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण सरोकारवालाप्रति शंखरापुर नगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ।