FAQs Complain Problems

समाचार

नगर परिषदका निर्णयहरु

नगर परिषदको निर्णय

यस शंखरापुर नगरपालिकाको गरिमामय नगर परिषद बैठकबाट भएका निर्णय सार्वजनिकीकरण समारोहमा उपस्थित प्रमुख अतिथिज्यू, काठमाडौ क्षेत्र नं. २ बाट निर्वाचित माननीय सांसद श्री दिपक प्रसाद कुइकेल ज्यू
अतिथि, श्रीमान स्थानिय विकास अधिकारी ज्यू
अतिथि श्रीमान इलाका प्रशासन कार्यालयका प्रमुख ज्यू
विभिन्न राजनीतिक दलकाप्रतिनिधि ज्यूहरु
मञ्चमा आसिन अतिथिज्यूहरु,
विभिन्न संघ संस्थाका प्रतिनिधि ज्यू,
उपस्थित वडा नागरिक मञ्चका प्रतिनिधि ज्यूहरु, नागरिक सचेतना केन्द्रका प्रतिनिधी ज्यूहरु,
समाजसेवी,बुद्घिजिवी, महिला बालबालिका, अपांग, दलित जनजाती , पिछडा वर्ग, विकास प्रेमि तथा सम्पूर्ण उपस्थित जनसमुदायहरु ।
सर्ब प्रथम म यस नगरको तर्फबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति सुशासन , विकास र सबृद्धि गर्ने उद्देश्यका साथ भएका विभिन्न कालखण्डमा शाहदत प्राप्त गर्नु हुने ज्ञात अज्ञात सहिदहरु प्रति श्रदान्जली अपर्ण गर्दछु । साथै २०७२ बैशाख १२ गते गएको विकाशकारी भुकम्पबाट जीवन गुमाउनु हुने दाजुभाइ, दिदी बहिनी तथा देश विदेशका नागरिकहरु प्रति श्रद्धा सुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस महा बिपत्तीको सामना गर्दै यसलाई नव निर्माण गर्ने शक्तिमा परिणत गर्न हामी सक्षम हुने छौ भन्ने विश्वास लिएका छु । यस कठिन घडीमा उच्च मनोबल र अदम्य शाहसका साथ स्वतःस्फुर्तरुपमा एकताबद्ध भई संकटबाट उठ्न सक्छौँ भन्ने उदारहण प्रस्तुत गर्नु भएकोमा सबै नगरबासी दाजु भाइ तथा दिदीबहिनीहरुमा उच्च सम्मान प्रकट गर्दछौँ । अतः विपद्को यो घडिमा आफ्नै परिवारमा परेको पिडा समेतबाट विचलित नभई खोज उद्धार तथा राहतमा अहोरात्र खट्ने सबै स्वदेशी तथा विदेशी व्यक्तिं संघ संस्था, राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मी पत्रकार राजनितिक दल , वडा नागरिक मञ्च एवं सहयोगमा हात बढाउने मित्र राष्ट्रहरु एवं सहृदयी मित्रहरु प्रति यस नगरको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौँ ।

Supporting Documents: 

Pages