FAQs Complain Problems

समाचार

प्रधानमन्त्रि रोजगार कार्यक्रम उद्घाटन सम्बन्धमा

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत यस शंखारापुर  नगरपालिका ,साँखु ,काठमाडौँ वडा नं ७  मा धुल्ला टोल ढुंगे धारा सरसफाइ,मुल सँरक्षण तथा बगैंचा निर्माण र पुखुलाछी टोलको ढुंगे धारा सरसफाइ, मुल सँरक्षण कार्यको शुभारम्भ गरियो | उक्त कार्यक्रममा शंखारापुर  नगरपालिका वडा नं.७  का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ , शंखारापुर नगरपालिकाका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ ,वडा सदस्य चन्दा श्रेष्ठ, रोजगार संयोजक सुमन गौतम र स्थानीयवासीको सहभागिता रहेको थियो । यस कार्यक्रमले वडा नं ७का २५ जनाले रोजगारको अवसर पाएका छन् ।